बिएल संवाददाता
मंगलबार (आज) सेयर बजार नेप्से बढेको छ। आज नेप्से परिसूचक १५.७९ अङ्क बढेर बन्द भएको हो।
मंगलबार २१५२.१४ विन्दुमा बन्द भएको नेप्सेको कारोबार रकम बढेर ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो।
सेन्सेटिभ इन्डेक्स ३.४७ अंक बढ्यो भने फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले बढेको छ। मंगलबार गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ। साथै युनिक नेपाल लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्दा नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको छ।
नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भयो भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ। १३ उपसमूहमध्ये मंगलबार ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया