बिएल संवाददाता
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन्।
बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वार्तामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन्।
प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए।
उनले भने, ‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र समाधान पनि गर्छ। आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस्। तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’
यस्तै, उनले पूँजीगत खर्च बढाउन निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। मन्त्री पौडेलले अर्थतन्त्रमा टुटेको मनोवललाई जोगाउन नसके कुनै पनि समस्याको समाधान नहुने बताए।
मानिसहरूको टुटेको मनोवललाई जोड्नुपर्ने दाबी गर्दै जनताको सरकारप्रतिको यो विश्वास टुट्न नदिने बताए।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया