बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अङ्कले बढेको छ। आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो।
आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ।
आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६.८० प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ समुहको ३.८६ प्रतिशतले बढेको छ।
त्यस्तौ आज युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया