बिएल संवाददाता
आइएमई लिमिटेडको संयुक्त कारोबार शुभारम्भ भएकाे छ।
आइएमई र जीएमई रेमिट गाभिएर बुधबारदेखि आइएमई लिमिटेडका रूपमा संयुक्त कारोबार सुरू भएको हाे।
साे अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडले जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जनभन्दा बढी क्षेत्रमा लगानी विस्तार गरेको बताए।
उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आइएमई लिमिटेडले आफ्नो लगानी सेवामूलक कार्यमा लगाएको बताए।
‘आइएमई लिमिटेडल जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लागानी विस्तार गरेको छ। रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ’, उनले भने।
अध्यक्ष ढकालले आइएमई ग्रुप बैंक तथा वित्तिय संस्थाहरुसँग सक्रिय रहेको बताए। उनले सुरुवाती समयभन्दा अहिले ८० प्रतिशतभन्दा बढी राजश्व भित्र्याएको बताए।
‘आइएमई ग्रुपअन्तर्गगत रेमिट, बैंक तथा वित्तिय संस्थाहरु केवलकार, होटल तथा रेष्टुरेन्ट, जलविद्युत, अटोमोबाइल, बिमा, शिक्षा, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी सक्रिय रहेका छन्’, उनले भने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया