बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले, बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको ङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा उनले बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुने कसूरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैङ्किङ्ग कसूर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो।’
उनले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको जानकारी दिए।
उनले भने, ‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैङ्किङ्ग कारोबार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया