बिएल संवाददाता
बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। यसअघि दुई दिन उच्च गिरावट भएको नेप्से आज भने सम्हालिएको छ।
आज नेप्से परिसूचक ३.८० अङ्कले बढेर २७८६.४० विन्दुमा कायम भएको हो।
आज ३२६ कम्पनीको तीन करोड ५० लाख ७ जार ३९ कित्ता शेयर एक लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ।
आज लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको ४३ करोड ७ लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार २८४ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया