बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि भएको छ। आज नेप्से परिसूचक ६.९० अङ्कले बढेर २८३०.२० विन्दुमा कायम भएको हो।
आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर एक लाख ४४ हजार १९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। जसमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्। त्यस्तै सबैभन्दा बढी घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८. ८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ करोड ७२ लाख २३ हजार २७३ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख ४४ हजार १५० कित्ता शेयर किनबेच भएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया