बिएल संवाददाता
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाका जहाजहरूलाई नेपाली आकाशमा प्रतिबन्ध लगाएको छ। यो अस्थायी प्रतिबन्ध हो। अर्को निर्णय नभएसम्मका लागि अब यो कम्पनीका जहाजहरूले नेपालमा नियमित र चार्टर उडानहरू गर्न पाउने छैन।
प्राधिकरणका अनुसार उडान अनुमति नलिएरै थाई एयर एसियाको एउटा जहाज आइतबार काठमाडौं आएको थियो। उक्त जहाजलाई केही समय आकाशमै होल्ड गरिएको थियो। त्यसपछि कम्पनीले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति दिइएको थियो।
उडानसँगसँगै यो कम्पनीका नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ।
उक्त जहाज आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया