बिएल संवाददाता
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको हाे। सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ।
आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ।
जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।
सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार चार सय रूपैयाँमा ३३ करोड ७९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८९ रूपैयाँ ७० पैसामा २४ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया