बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन्।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा भएको छलफलमा उनले उखुको विषयलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरिसकेको भन्दै भोलीसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने जानकारी दिएका हुन्।
उनले भने, ‘उखुको विषयलाई हामीले आज मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छौँ। मलाई लाग्छ भोलिसम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ। हामीलाई थाहा छ किसानहरु ज्यादै मर्कामा परेका छन्। किसानको राज्यले दिनुपर्ने मूल्य असोज महिनामा नै पठाइसक्यौँ। सम्भव भएसम्म हामी यही वर्ष र नभए अर्को वर्ष यही समयसम्म उपलब्ध गराउने ढंगबाट मन्त्रालय काम कारबाही गरिरहेको छ।’
मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा मन्त्रालय लागेको पनि बताए। मन्त्रालयको तर्फबाट समिति बनाएर प्रारम्भिक सञ्चालन गर्ने खाका सम्म तयार पारेको उनले जानकारी दिए।
उनले भने,‘हामी दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा लागेका छौँ। र मन्त्रालयको तर्फबाट एउटा समिति बनाएर प्रारम्भिक कुन ढंगबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका पनि हामीले तयार पारेको छौँ।’
उनले कृषि ऐन निर्माणको सन्दर्भमा कानुन मन्त्रालयबाट केही थप गर्नुपर्ने कारण मन्त्रालयलाई नै फर्काएको जानकारी गराए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया