बिएल संवाददाता
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ् र मासुको जस्तो भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होइन्, फरक ठाँउमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
उनले भने, ‘सरकार र निर्माण व्यवसायीको बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो। अथवा कस्तो सम्बन्ध विकास गरेर जानुपर्ने हो। हामी नदीका दुई किनारा हुन्। एकले अर्काको विरोध गरेर हाम्रो अभिभाराहरु पूरा हुन्छन्। हाम्रो साझा अभिभारा छैन। म के आग्रह गर्न चहान्छु भने हामी नदीका दुई किनारा होइनौं, हामी फरक ठाँउमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दैछौं। व्यवसायी र सरकारबीचको सम्बन्ध नङ् र मासुको जस्तो सम्बन्ध हो।’
यस्तै उनले व्यवसायीहरुलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले भने, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चाहन्छु। तपाईंहरुले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोलिदेखि जानु तपाईंहरुले भोलिदेखि नै पाउनुहुन्छ। भोलि पाउनु भएन भने पर्सि पाउनु हुन्छ। १ हप्तामा पनि पाउनु भएन भने तपाईंहरु म कहाँ आउनुस्, कुन मन्त्रालय र निकायले तपाईंहरुलाई भुक्तानी दिँदैन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया