बिएल संवाददाता
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ् र मासुको जस्तो भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होइन्, फरक ठाँउमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
उनले भने, ‘सरकार र निर्माण व्यवसायीको बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो। अथवा कस्तो सम्बन्ध विकास गरेर जानुपर्ने हो। हामी नदीका दुई किनारा हुन्। एकले अर्काको विरोध गरेर हाम्रो अभिभाराहरु पूरा हुन्छन्। हाम्रो साझा अभिभारा छैन। म के आग्रह गर्न चहान्छु भने हामी नदीका दुई किनारा होइनौं, हामी फरक ठाँउमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दैछौं। व्यवसायी र सरकारबीचको सम्बन्ध नङ् र मासुको जस्तो सम्बन्ध हो।’
यस्तै उनले व्यवसायीहरुलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले भने, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चाहन्छु। तपाईंहरुले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोलिदेखि जानु तपाईंहरुले भोलिदेखि नै पाउनुहुन्छ। भोलि पाउनु भएन भने पर्सि पाउनु हुन्छ। १ हप्तामा पनि पाउनु भएन भने तपाईंहरु म कहाँ आउनुस्, कुन मन्त्रालय र निकायले तपाईंहरुलाई भुक्तानी दिँदैन।’
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया