बिएल संवाददाता
लगातार तीन दिन कारोबार घटेको नेप्से चौथो दिन भने बढेको छ। गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार भने बढेको हो।
आज २८.९१ अंकले बढेर नेप्से २६१२.२० अंकमा बन्द भएको छ। सूचकमा सुधार देखिएपनि आजको बजारमा कारोबार भने बढ्न सकेन।
आइतबार ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ४३ करोडको मात्र कारोबार भएको हो।
बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका छन्। नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन्। यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ। यस समूहको सूचक ३।६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमशः १.१५ र १.६७ प्रतिशतले बढेका छन्।
अन्य समूहहरूको भने सामान्य वृद्धि देखिएको छ। म्युचुअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो।
कम्पनीगत रुपमा आज कारोबारमा आएका ३२८ वटा कम्पनी मध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ। बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन।
आज बढ्ने कम्पनीहरूमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, बराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेभलपर जस्ता कम्पनीले ९ प्रतिशत माथिको वृद्धि गरेका छन्।
घट्ने कम्पनीहरूमा आज मानुशी लघुवित्त अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। यसका अलावा, कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ।
कारोबारका आधारमा आज पनि जानकी फाइनान्स अग्रस्थानमा छ। यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार दोस्रो स्थानमा छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया