बिएल संवाददाता
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी आराेप लागेपछि आफ्नाे स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन्।
शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेखेर पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई निष्कासन गरेका जानकारी गराएका छन्।
उच्च अदालत विराटनगरले अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो।
‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु’, उनले संसद सचिवालयलाई लेखेकाे पत्रमा भनिएकाे छ।
अनिलमाथि छोरीको नाम एमबिबिएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप लागेकाे छ।
तर छोरीको नाम ननिस्किएपछि चाैधरीले पैसा फिर्ता माग्दा अनिलले उल्टै धम्की दिएकाे आरोप छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया