बिएल संवाददाता
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनीकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन्।
उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रकाे महत्वपूर्ण योगदान रहन्छ।’
साथै उनले बीमा क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए। उनले सरकारले लिएको नीतिगत बीमाको दायरा क्रमश: विस्तारै हुँदै गइरहेको बताए।
यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए।
उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत बताए।
उनले भने, ‘वास्तवमा बीमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। करिब प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरुले रोजगारी पाएका छन्।’
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया