बिएल संवाददाता
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनीकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन्।
उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रकाे महत्वपूर्ण योगदान रहन्छ।’
साथै उनले बीमा क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए। उनले सरकारले लिएको नीतिगत बीमाको दायरा क्रमश: विस्तारै हुँदै गइरहेको बताए।
यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए।
उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत बताए।
उनले भने, ‘वास्तवमा बीमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। करिब प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरुले रोजगारी पाएका छन्।’
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया