बिएल संवाददाता
वैदेशिक अध्ययनका लागि बाहिरिएका नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार नेपाली विद्यार्थीले उक्त रकम विदेश पुर्याएका हुन्।
गत वर्षको तुलनामा भने यो रकम दुई अर्ब रुपैयाँभन्दा बढीले कम हो। राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो सोही अवधिमा वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम विदेशिएको थियो।
त्यस्तै ६ महिनाको समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च नौ दशमलव सात प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा भ्रमण खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा गएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब रुपैयाँले बढी हो। समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया