बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमाथि लगाइएको कर स्थगित गरेका छन्। चीनबाहेक विश्वका ७५ बढी देशमाथि अमेरिकाले लगाएको कर ९० दिनका लागि स्थगित गरेका छन्।
यी देशहरूलाई ब्यापारका नयाँ वातावरण सिर्जना होस् भनेर अमेरिकाले ९० दिनका लागि भन्सार कर स्थगित गरेको उनले बताएका छन्। तर यसमा चीनलाई भने छुट दिएका छैनन्।
बरु चीनमाथि उनले फेरि कर थपिदिएका छन् र अब चीनले अमेरिकामा सामान निर्यात गर्दा १२५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ। एक सातामै उनले चीनमाथि तीन पटक कर बृद्धिको घोषणा गरेका हुन्।
चीनले पनि अमेरिकी सामग्रीमाथि ८४ प्रतिशत कर घोषणा गर्दै अमेरिकाको ‘दादागिरी’का सामु चीन कहिल्यै नझुक्ने प्रतिक्रिया दिएको छ।
चीनबाहेक अरु देशलाई ९० दिनका लागि भन्सार कर स्थगित गरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालमा अब चीनका ‘दिन सकिए’ भन्ने कडा प्रतिक्रिया दिएका छन्।
‘अब चीनले अरु देशहरूलाई लुट्ने दिन सकिएका छन् भनेर विश्वले बुझेको छ। चीनले विश्व बजारप्रति अनादर गरेको छ’ ट्रम्पले भनेका छन् ‘चीनमाथि फेरि भन्सार कर वृद्धि भएको छ र अब उसले अमेरिकालाई १२५ प्रतिशत कर तिर्नुपर्नेछ।’
चीनले भने चिनियाँ सरकार कुनै पनि हालतमा चुप नबस्ने प्रतिक्रिया दिएको छ। उसले अमेरिकाको ब्यापार अधिनायकविरुद्ध एक जुट हुन अरु देशहरूलाई पनि अपिल गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया