बिएल संवाददाता
नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ। यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से आज (आइतबार) साताको पहिलो कारोबार दिन पनि ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।
गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३१.६२ रुपैयाँले बढेर ३४८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पियोर इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड ७३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत घटेको छ। त्यस्तै जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया