बिएल संवाददाता
सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम-१७ (५ जी) सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआई प्रविधियुक्त क्यामेरा फिचरसहित आएको यो फोनले आफ्नै सेग्मेन्टमा पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि उपलब्ध गराएको कम्पनीले जनाएको छ।
यसमार्फत प्रयोगकर्ताले स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सक्नेछन् । एम १७ ५जीले एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु¥याउने बताइएको छ । ६.७ इन्चको एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यस स्मार्टफोनमा धूलो र पानीबाट सुरक्षा दिने सुविधा पनि समावेश गरिएको छ।
नेपालमा दुई भेरियन्टमा उपलब्ध यो फोनमध्ये ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।
किफायती मूल्यमा समेत उच्च प्रदर्शन र आधुनिक प्रविधि उपलब्ध गराइएको ग्यालेक्सी एम १७ ५जीले नेपाली बजारमा नयाँ आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया