बिएल संवाददाता
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा २ हजार बढीको ब्रेन सर्जरी भएको छ। ७ वर्षदेखि न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको अस्पतालले यस अवधिमा २ हजार बढीको सर्जरी गरेको जनाएको छ।
साथै अस्पतालमा ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापिएको आदिको उपचार हुँदै आएको छ।
न्यूरो सर्जरी प्रा.डा. शर्माले हालसम्म २० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका बताए। ‘नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव छ। प्रायजसो देशभरबाट सम्भव नभएका तथा अन्य अस्पतालबाट रिफर भएर बिरामीहरु यहाँ आउने गरेका छन्’, उनी भन्छन्।
यस्तै न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ। ‘विभिन्न अध्ययनका अनुसार एक करोड ५० लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन’, ‘पोखरेलले भने ‘स्ट्रोककै कारण ५० लाखमा अपाङ्गता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन्।’
हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ। यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको पोखरेलले बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया