बिएल संवाददाता
नेपाल ह्यान्ड सर्जरी साेसाइटीले पहिलाेपटक ‘इनागोरल ह्याण्ड सिम्पोसियम’ सेमिनार सम्पन्न भएकाे छ। ह्याण्ड सर्जनहरूकाे उक्त गाेष्ठी शनिबार ठमेलस्थित अलफ्ट हाेटलमा सम्पन्न भएकाे हाे।
पाखुँरादेखि औँलासम्मकाे सर्जरी गर्ने डाक्टरहरू मिलेर बनाइएकाे नेपाल ह्यान्ड सर्जरी साेसाइटीले नयाँ डाक्टरहरूकाे ज्ञान बढाउने बताउँछिन् राष्ट्रिय ट्रमा सेन्टरकी प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन शिलु श्रेष्ठ।
उनका अनुसार नयाँ डाक्टरहरूलाई प्लाटफर्म दिलाउनका लागि ह्याण्ड सर्जरी साेसाइटीले अनुभवी डाक्टरहरू ल्याएर सर्जरीबारे जानकारी दिएकाे हाे।
‘यस किसिमको कार्यक्रम फाइदाजनक छ, किनकि एकअर्कोसँग ज्ञान साट्न सकिन्छ’, उनी भन्छिन्, ‘नेपालमा ह्याण्ड सर्जनहरूको अभाव छ। त्यसैले यो सेक्टरमा आउन लागि प्रोत्साहन गर्न चाहन्छु।’
त्यसैगरी नेपाल ह्यान्ड सर्जरी साेसाइटीले आयोजना गरेको सेमिनारले ह्याण्ड सर्जरीसम्बन्धी ज्ञान बढाएकाे बताउँछन्, नेपाल ह्याण्ड सर्जरी संस्थापक सदस्य डाक्टर निरज श्रेष्ठ।
उक्त किसिमकाे कार्यक्रमहरूले ह्याण्ड सर्जरीबारे जानकारीमुलक सन्देश दिने उनकाे भनाइ छ। ‘नेपालमा ह्याण्ड सर्जरी सम्भव छ भन्ने सूचना दिनका लागि गरिएको सेमिनारले डाक्टरहरूको ज्ञान बढाउँछ’, उनले बताए।
सय भन्दा धेरै डाक्टरहरूकाे सहभागिता रहेकाे उक्त सेमिनारमा इण्डिया, सिंगापुर र अस्ट्रेलियाबाट अनुभवी डाक्टरहरूकाे उपस्थिरहेकाे थियाे।
भिडियाे :
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया