बिएल संवाददाता
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत कार्यरत प्रहरीहरूको नि:शुल्क थाइराइड परीक्षण गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको नि:शुल्क थाइराइड परीक्षण गरिएको हो।
त्यहाँ कार्यरत १ सय २० जना प्रहरीले थाइराइड परीक्षण गराएका हुन्। सामुदायीक संस्था सानो पाइला र एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा उनीहरूको थाइराइड परीक्षण गरिएको हो।
कार्यव्यस्तता, जानकारीको अभाव, हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै रहन्छ। त्यसैले जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइडसम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताए।
‘निरन्तर काममा खटिनुपर्दा प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ। थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण पनि भइदिँदैन। जसले गर्दा थइराइड रोगले च्याप्ने सम्भावना प्रहरीमा धेरै हुन्छ’, डा. झाले भने, ‘त्यसैले रोग जटिल भई समस्या नआओस् भन्नका खातिर समयमै थाइराइडको परीक्षण र उपचार गर्नु जरूरी हुन्छ।’
पर्सा प्रहरी प्रमुख कुमोध ढुगेङ्गलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर नि:शुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गरेका थिए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया