बिएल संवाददाता
हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–२ काइगाउँमा रहेको त्रिपुरा माध्यमिक बिद्यालयमा लागेको आगोले एउटा भवन ध्वस्त भएको छ।
प्रशासनीक भवन भएकाले त्यहाँ भएको साढे पाँच लाख बढी नगर रुपैयाँसहित काजपत्र सबै जलेको छ। विद्युत सर्ट भएर आगो लागेपछि दुई वटा सिलिण्ड ग्याँसबाहेक केही निकाल्न नसकिएको वडा नम्बर २ का वडाध्यक्ष मिमबहादुर थकालीले जानकारी दिए।
आगो नियन्त्रणमा लिन डोजरले तीन कोठे दुई तले भवन भत्काइएको छ। जहाँ भान्सा कोठा पनि थियो।
स्थानीय र प्रहरीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएका छन्। मानवीय क्षती भने भएको छैन।
अहिले आगलागीको विवरण संकलन गर्ने काम भइरहेको छ।
तस्बिर
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया