बिएल संवाददाता
जुम्लाको सिंजा गाउँपालिका- ६ जोडुकी १२ वर्षीया रमिशा बुढा हराएकाे दुई सातापछि फेला परेकी छन्। माघ ११ गतेदेखि हराइरहेकी रमिशा बुधबार फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका- १ बाइराका गाउँबाट तातोपानीतर्फ आउँदै गरेको अवस्थामा उनी फेला परेकी थिइन्।
बालिका हराएको भन्ने खबर प्राप्त भएदेखि प्रहरीले खोजी कार्य तीव्र पारेको डिएसपी प्रल्हाद कार्कीले बताए। उनले भने, ‘१४ दिनपछि हामीले बालिकालाई सकुशल भेटाएका छौँ।’
घरबाट भेडा लिन जान्छु भनी भाडगाँउतर्फ गएकी रमिशा साँझसम्म घर नफर्किएपछि उनकी आमा बिष्नकली (रावत) बुढाले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएकी थिइन्। खोजी कार्यमा जुटेका प्रहरीले बालिकालाई भेटाएपछि बुधबार नै परिवारको जिम्मा लगाएको छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया