बिएल संवाददाता
जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको छ। आफन्तको सहाराविहीन वडा नम्बर २ का चार जना जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको हो।
‘घरमा गएको अन्नलाई पकाउने दाउँरा नहुँदा समस्या हुन्थ्यो। वडाले ग्याँस चुलो दियो,’ खुसी हुँदै लक्षिमा बुढाले भनिन्, ‘म एक्ली मान्छेलाई २–३ महिना खाना पकाउन पुगिजाला।’
वडा नम्बर २ को कार्यालयले लक्षिमा बुढासँगै साहाराविहीन लालकली दमाई, मिठ्या कामी र बाटु रावतलाई राहत ग्याँस–चुलो दिएको छ। आइतबार गाँउपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले ग्याँस–चुलो वितरण गरे।
जेष्ठ नागरिकलाई राहत होस् भनेर विपद् व्यवस्थापन शिर्षकबाट ग्याँस–चुलो वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्ष चन्द्रमान बुढाले बताए।
तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले पालिकाले हचुवाका भरमा राहत दिने भन्दा आवश्यकता पहिचान गरेर मात्रै राहत दिने गरिएको बताए।
जेष्ठनागरिकको राहत तथा सुरक्षाका लागि तातोपानीले सेवा मुलक कार्यक्रममा समेत जोड दिएको छ। पालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने वडा नम्बर ७ र ८ का जेष्ठनागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा निःशुल्क यातायात सेवाको समेत व्यवस्थापन गरेको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया