मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव कोमल अधिकारीका अनुसार द्रुतमार्गमा हालसम्म ४९ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको छ । सेनाले चाइना फाष्ट हाईवे कम्पनीलाई अहिले विभिन्न प्याकेजमा ठेक्का दिएको छ ।
व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्षसमेत रहेको चौधरी गत वर्ष मंसिरमा संघीय सांसद विजयी भएपछि र कांग्रेस नेतृत्वकै सरकार बनेपछि उनको सिजी टेलिकमले सहजै लाइसेन्स पाउने अनुमान गरिएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति नलिई लोक सेवा आयोगको परीक्षाका लागि कोचिङ/ट्युसन पढाइरहेका शाखा अधिकृतदेखि सचिवसम्मका ७० जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
बर्खायाम सुरू भएसँगै नेपालमा साझा समस्या देखिने गर्छ। कतै बाढी त कतै पहिरो। यो समयमा कैयौं बस्ती त्रासदपूर्ण रात अनिँदै बिताउन बाध्य हुने गर्छन्।
सामान्यतया नियम, कानुन र पद्धतिको पालनालाई विधि भनिन्छ । विधिको शासनमा नियम, कानुन र पद्धतिलाई पूर्ण पालना गरिन्छ । विधिले सबैलाई सकारात्मक मार्गमा हिँडाउँछ, डोर्याउँछ । विधिको पालना गर्नेले कसैसँग डराउन वा हार्न पर्दैन । विधिको पालन नगर्दा ठुला, ठुला मुलुकमा समेत अराजकता निम्तिएको हामीले देखेका छौँ ।
२०५८ सालमा गणपति रोजिन एन्ड टार्पेन्टाइन प्रालिविरुद्ध आन्तरिक राजस्व कार्यालयले मुद्दा हाल्यो। उक्त मुद्दामाथि उच्च अदालत पाटनले आयकर सम्बन्धमा आकर्षित हुने मूलऐनले नै कुनै उद्योगको आयकर नलाग्ने कुरा औद्योगिक व्यवसाय ऐनमा उल्लेख छ भने त्यस्तोमा आयकर नलाग्ने फैसला गरिदियो।
सन् २००७ देखि अमेरिकाबाट सुरू भई पश्चिमा मुलुकमा २००९ सम्म फैलिएको मन्दीले पूँजीवादी अर्थव्यवस्था, मूलतः समकालीन रूपमा यसको आधारमा रहेको नवउदारवादका कमी–कमजोरीलाई उजागर गर्यो।
काठमाडौं भन्सार नाकाबाट पास भएर बीचैमा हराएको साढे ३३ किलो सुन अपहरणमा जोडिएपछि अनुसन्धानमा जोडिएको प्रहरी नै अनुसन्धानको दायरामा पर्यो। अनि गृहमन्त्रालयले निजामती कर्मचारी ईश्वरप्रसाद पौडेलको नेतृत्वमा छानबिन समिति बनायो।
डिजिटल अपराध निरन्तर विस्तार र विकसित हुँदै आएको छ। डिजिटल प्रविधि पछिल्लो समयमा अपराधीकै औजार बन्दै आएको छ। यसैको माध्यमबाट विश्वमा नयाँ प्रकृतिका आपराधिक घटना देखा पर्दै आएका छन्।
पण्डित चाणक्यले भनेका छन्, ‘शिक्षकको काखमा निर्माण र प्रलय पल्लवित हुन्छ ।’ यो भनाइले शिक्षक र शिक्षण पेसाको महŒव एवं शक्तिलाई दर्साउँछ । प्राचीनकालदेखि शिक्षण पेसालाई सम्मानित पेसाको रूपमा हेरिन्छ । वर्तमान भौतिक तथा सूचना प्रविधिको युगमा समाज जुन ढंगले रूपान्तरित हुँदै गएको छ, शिक्षण पेसाको महŒव स्खलित हुँदै गएको विडम्बनापूर्ण अवस्था छ ।
भ्रष्टाचार अन्त्य हुनुपर्नेमा सर्वसहमति छ। तर, सर्वसहमति जनाउनेमध्येकै बहुसंख्यक भ्रष्टाचारी छन्। अझ भन्नुपर्दा अधिकारसम्पन्न बहुसंख्यक व्यक्तिहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न छन्। भ्रष्टाचारका सम्बन्धमा यहींनेर विरोधाभास छ। विडम्बना, भ्रष्टाचारीलाई सामाजिक बहिष्कारको प्रचलन छैन। जसरी भए पनि पैसा कमाएको व्यक्तिलाई समाजले स्वीकार गरिरहेको छ। समाजले स्वीकार्ने भएकोले भ्रष्टाचारीमा टाकटुक मिलाएर काम गर्नुपर्छ भन्ने सोंचले जरा गाडेको छ।
विज्ञहरू भने अझै पनि नेपालको अर्थतन्त्रमा “ढुक्क हुनेगरी सुधार हुन नसकेको र सामान्य मानिसको जीवनमा त्यसको असर परिरहेको” बताउँछन्। उनीहरूका भनाइमा गत आर्थिक वर्षमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या उच्च हुँदा रेमिट्यान्सबाट भएको धेरै आम्दानीले मात्र केही सुधार देखिएको हो।
स्थानीय सरकारमा सत्तासीन अध्यक्ष र उपाध्यक्षको ‘पानीबाराबर’को व्यवहारले पालिकाको विकास, योजना निर्माणदेखि सबै काम ठप्प भएको छ ।
रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले संगीतकार सुरेश अधिकारीका गीतमा प्रतिबन्ध लगाउने भनी संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
सायद ममा कुनै खुसीको भाव नदेखिएजस्तो लागेर होला। अस्तव्यस्तताले गर्दा सबै नियमित काम अवरोध भएका थिए। त्यही अफिस, तिनै भ्रष्ट कर्मचारीहरूसँग दिनदिनै ठोक्किन पर्ने पर्ने थियो।
प्रसंग हो- प्रतिनिधिसभामा दर्ता भएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको। यो विधेयक २०७९ को प्रतिनिधिसभाको निर्वाचन अगाडि नै राष्ट्रियसभामा दर्ता भएर छलफल भई संशोधन सहित प्रतिनिधिसभामा पठाइएको हो।
वीर अस्पतालमा कार्यरत डा. उत्तम पच्या जनरल प्राक्टिसनर हुन्। उनको चिकित्सकीय विधा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन हो। जसलाई एमडीजीपी पनि भनिन्छ
साथीमार्फत् म्यान्मारमा बस्ने नेपालीभाषी एक महिलासँग सम्पर्कमा आएपछि उनले 'थाइल्यान्डमा आकर्षक रोजगारीको अवसर' पाए जुन पछि गएर चरम यातनासम्म पुग्यो।
गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै विपक्षी रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्दै साउन ७ देखि निरन्तर बहस गर्ने आदेश गरेको थियो ।
चित्रकार केदार दाहाल केही वर्षअघि एउटा कार्यक्रममा थिए। त्यहाँ उनी कलिला बालबालिकाको मुहारमा विभिन्न चित्र (फेस पेन्टिङ) बनाउन मग्न थिए। उनी त्यसमा यतिविघ्न मग्न भएछन्, दायाँबायाँ को आए भन्ने पनि ध्यान दिएका थिएनन्।
बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् ।