दिगाे
चुनाव आयो
सबै-सबै आए
उम्मेदवार भए
मैले एकलाई छानेँ
उसैलाई भोटे छाप हानेँ
मैले के बिराएँ
तिमी नेता, म जनता
हाम्रो सम्बन्ध यत्ति न हो
तिमीलाई भोट नहाल्दा
म कसरी भेडा भएँ
तिमीले इतिहास पढेका रहेनछौ
देश एकीकरण गर्ने
अङ्ग्रेजसँग लड्ने
नेपालमा प्रजातन्त्र ल्याउने
पहिलो दोस्राे जनाअन्दोलन गर्ने
जनयुद्ध ताका शाही सेनासँग लड्ने
ती सबै के भेडा हुन्
निधारमा खरानी घसेर
मृत्युलाई कम्मरमा कसेर
देशका लागि भनेर
बलिदानी दिने मेरै बा त हुन
के वीरगति प्राप्त गर्ने मेरा बा भेडा हुन
तिमीले के गरेका छौ र
मलाई भेडा भन्ने
मैले फलाएको अन्न खाएर
मैले बनाएको बाटोमा गाडी गुडाएर
मैले सिलाएको ढाका टोपी लाएर
तिमी राष्ट्रवादी नेता हुने
म राष्ट्रघाती भेडा हुने
कसरी कसरी
कस्तो मन्द बुद्धि, छुच्चो मुख हो तिम्रो
दोस्रो प्रकृतिको रचनाकारलाई
भेडा हौ भन्ने
म भेडा होइन
म राष्ट्रघाती होइन
म सच्चा जनता हुँ
सच्चा जनता
(लेखक सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा राजनीतिक शास्त्रमा अध्ययनरत विद्यार्थी हुन्।)
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया