विपुल पोख्रेल
                                नवीन बिहानीलाई
उल्लासभावका साथ 
स्वागत गर्ने उच्च अभिलाषा बोकेर
सुतेको थिएँ हिँजो ।
बिहानै उठेँ, यताउती डुलें आँखाहरू
देखें उस्तै उस्तै ।
सूर्यले पहाडको टुप्पोबाट चियायो
अनि विस्तारै माथी लाग्यो,
ठान्यो, म सुरक्षित छु ।
हावा तातिएको छैन अझैं
तुसलीमैरा नेर ठडिएको
रुद्राक्षको छायाँ
आँगनभरि पोखिँदै छ
चीरबिर चीरबिर पनि उस्तै छ ।
समाचारहरू पनि उस्तै छन्
उही सत्तामा छ
उही प्रतिपक्षमा छ
उही सडकमा छ
नयाँ खास भनिनेहरू पनि
खासविना नै उस्तै छन्
घटना र दुर्घटनाका समाचार पनि
उस्तै गरी प्रवाहित भैरहेछन्
हार्दिकताबिहीन शुभकामनाहरू
समाचार, सामाजिक सञ्जालमा 
छरपस्ट छन् 
कुण्ठाहरू मरेको पाइएन
इष्र्याको बर्काे खोलिएको देखिएन
आलोचनाको स्वर उस्तै उचार्इंमा छ ।
गाईभंैसीले उस्तै भावमा दूध दिंदैछन्
अन्य चौपायालाई उस्तै उस्तै छन् 
कुखुराहरू ढोका नजिकै जिस्कदंैछन्
हाँसको चाल–ढाल उस्तै छ
खरायोको दौड पनि उस्तै होला
मयुर पनि उस्तै गरी नाच्दै होला
नवीन बिहानी पनि 
उस्तै उस्तै दृश्यका साथ उभिएको छ ।
दृश्यमा उस्तै देखिँदा पनि 
मन भने फरक छ आज
उमंगले भरिएको छ
नवीनपन खोज्दै छ
ठूलो आशा राखेर 
संकल्प गर्दैछ
योजना बुन्दैछ
हार्दिकता खोज्दैछ
निराशासँग साइनो तोड्दै छ
खुसीभावका साथ
भित्ताको क्यालेण्डर फेर्दैछ
उमंगको छाता ओडेर
छाता भित्र सबैलाई 
साथमै राख्ने कल्पना गर्दैछ 
निकै चञ्चल छ मन
मन्दिरबाट आशिर्वाद लिई
शु–साइत मिलाएर
नयाँ अनि सम्भावनायुक्त
मार्गमा आफूलाई हिँडाउन
पाइला तम्तयार गर्दैछ ।
लाग्यो नयाँ बर्ष,
दृश्यमा हैन
मन–मनमा आएको छ
उर्जा भएर सामने उभिएको छ
उर्जासहितको मनबाट 
सकारात्मक परिणाम खोजिरहेको छ।
 
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया