तेजन खड्का
अरे जतिखेर पनि साथी लोडसेडिङ
दिनमा होश या सधैं राति लोडसेडिङ
कि त कैले नआउनु कि त सधैं आउनुनी
जनताको के लाग्छ र ताँती लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
केहि नचल्ने भयो सबै थान्को लागे
आँउछ फेरि गइहाल्छ घाती लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
पहिले कै युगमा पुर्याई छाड्यो हामीलाई
बाल्नलाई फेरि सलाई बाती लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
अन्धकार भनेको त जनतालाई मात्र हो
कैले हुन्न रे दाई माथि लोडसेडिङ
अरे जतिखेर पनि साथी लोडसेडिङ
दिनमा होश या सधैं राति लोडसेडिङ
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया