बिएल संवाददाता
खाद्य तथा स्वादका राजदूतका रुपमा परिचित विनाेद बरालद्वारा लिखित ‘म:म:का पाइलाहरू’काे विमाेचन सम्पन्न भएकाे छ।
बेलायतमा बासाेबास गर्दै आएका बरालकाे पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरकाे ‘दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल’मा विमोचन भएको हो।
साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले कृति विमोचन गरेका थिए।
विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने, ‘हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ। यो कृतिमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ।’
नयाँघरेले थपे, ‘नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन्।’
कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताए।
अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिए। कार्यक्रमकाे आयाेजक माे:माे फाउन्डेसन र सह-आयाेजक सरस्वती केन्द्र नेपाल थियो।
पोखरामा जन्मिएका बराल लामाे समयदेखि लण्डनमा बस्दै आएका छन्। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायकाे सहयोगका लागि उत्तिकै क्रियाशील रहेकाे जानकारहरू बताउँछन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया