बिएल संवाददाता
— जयन्ता सुधा
जब यो छातीमा कसैको खुट्टा पर्छ
म सबैभन्दा पहिला सम्झिन्छु, मेरा पैतलामा पर्ने
'ती' फाटेका हातहरूलाई
गोबर फाल्दै गरेका हातहरू
आगोमा रोटी पोल्दै गरेका हातहरू
दशैंमा आशीर्वाद दिँदै गरेका हातहरू
धान कुट्दै गरेको ढिकीमुनि धानको घान लाउने
जाडोबाट बच्चा जोगाउन लुगा बुन्ने तान लाउने
घरका भित्ताहरूमा गेरु र कमेरो पोत्ने
ठेला उठ्दा पनि हतासो समाएर जोत्ने
वर्षीका भोटा टाल्ने
भुस निफन्ने र कनिका चाल्ने
हर साँझ बिहान चुलो बाल्ने
दिन रात नभनि
भोक निद्रा नभनी सन्तान पाल्ने
नवजात शिशुको शिरमा तेल लगाउदै गरेका
'तिनका' नङ खिइदा सन्तान अघाउदै गरेका
ऋणका तमसुकमा ल्याप्चे लगाउदै गरेका
त्यो तमसुक च्यात्न प्रदेशमा कमाउदै गरेका
साँच्चै
मलाई कम्ती माया लाग्दैन 'ती' हातहरूको
'त्यस्तै हात'मा छोरीका च्यातिएका फरिया देख्दा
जनताका खुन पसिना साटेका रुपियाँ देख्दा
'त्यस्तै हात'मा श्रीमती जलाउने मट्टीतेल देख्दा
तथानाम बोल्न उकास्ने भट्टीको भट्टी-तेल देख्दा
मलाई कम्ती याद आउदैन 'ती' हातहरूको
अनि कसैको छातीमा
कसैको घाँटीमा
कसैको शिरमा
कसैको शरीरमा… जथाभावी पुग्ने
'यी' हातहरू देख्दा म 'ती' हात सम्झेर सोच्छु
हातहरू एकै खालका भए पनि एकै हुदैनन्
जस्तो एकै 'खालमा' खेलिने तासका पत्ती
एकै लाइटरले एकै समयमा बालिने बत्ती
एकै जमिनमा उम्रने अफिम र यार्सा
एकै आकाशबाट खस्ने चट्याङ र वर्षा…
एकै हुदैनन्
त्यस्तै 'ती' हात र 'यी' हात पनि एकै हुदैनन्
मनोवाद गर्दागर्दै
म निस्कर्षमा पुग्छु
हातहरू हात चलाउनेका हातमा हुन्छ्न्
र… हात चलाउनेहरू हातका हाकिम
हुन त… आफ्नै हातहरू पनि एकै हुदैनन्
नपत्याए हेर्नुहोस् त आफ्नै हातहरू…
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया