लिला अनमोल
जुटाउनु छ आज
मैले पनि एउटा हिम्मत
र लगाउनुछ तिम्रो अघि प्रेमको बिस्कुन
बिर्सनु छ पारिवारिक उत्तरदायित्व र जिम्मेवारीहरू
र नतमस्तक भएर उभिनु छ तिम्रो अघि
बिसाएर बौद्धिकताको भारी
गर्नु छ अलिकति मनको कुरा
र, भन्नु छ आज सुटुक्क तिमीलाई
मभित्र प्रेमको रातो आरुफूल छ
जो तिमी भएर वर्षौंदेखि मुस्कुराइरहेछ।।
बिसाउनु छ एउटा औडाहा
र पोखिएर मुटु
तिम्रो सामु छल्किनु छ आज अलिकति
पूरापूरी बिर्सेर आफूलाई
गर्नु छ मैले पनि मायाका कुरा
सम्बन्ध अनि आत्मियताका कुरा
सम्भावना अनि सङ्केतका कुरा
प्रतिबद्धता अनि समर्पणका कुरा
झिकेर छातिभित्रको एउटा सुनौलो रहर
फेसबुकका भिताहरू रङ्गाउनु छ मैले पनि
र
‘म तिमीलाई प्रेम गर्छु’ लेखेर
पानाका पातहरूमा
जीवनको रङ्गिन प्रस्तुति देखाउनु छ
भेट्नु छ आज मैले पनि
एउटा कुनै समय एकान्तमा तिमीलाई
छरेर गुलाबको रातो उत्ताउलो
तिम्रो मुटुभरि बर्साउनु छ प्रेमको झरी
हेर्नु छ निस्फिक्री आज एकोहोरो
गहिरिएर तिम्रा आँखाहरू
र देख्नु छ एउटा मिठो सपना
हो प्रिय
आजको यो प्रेमिल दिन
तिमीलाई मेरो एउटा प्रस्ताव
कयौँ रातहरू तिम्रो नाममा अनिँदो छु म
मलाई तिम्रो एक काख निदाउन देऊ।।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया