हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित बर्मेली नागरिकलाई लक्षित गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ।
थाइल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित ७१ लाख ६ सय ४२ म्यान्मार क्याट बराबरको राहत सहयोग बैंकमार्फत म्यान्मारको भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।
यस मानवीय राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति एनआरएनए थाइल्यान्डले आभार प्रकट गरेको छ। विशेष रूपमा अभियानको समन्वय, व्यवस्थापन र कार्यान्वयनमा बिक्की पोखरेल र हिमालयन पौडेल (कालु)ले देखाएको अग्रसरता उल्लेखनीय थियो।
बिएल संवाददाता
- बैंकक, थाइल्यान्ड