बुधबार, १४ जनवरी २०२६

प्रचण्ड र देउवाबीच फाेनवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तरुण दलको नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन

विरोध प्रदर्शनमा दलका केन्द्रीय सदस्य रोजन राईले नौं वर्ष वितिसक्दापनि नियमित महाधिवेशन हुन नसक्नाले आन्तरिक लोकतन्त्र कमजोर ठभएको भन्दै नियमित महाधिवेशन गर्न सकेको भए दलमा हजारौं युवाहरु नेतृत्वमा स्थापित भइसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ– प्रदीप ज्ञवाली

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबारका लागि सूचना टाँसेर स्थगित गरिएको हो। यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक स्थगित हुँदै आइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो– मन्त्री गुरुङ

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन पारित गरिने स्पष्ट पारेका छन्।  शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

नेपालीहरूको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ– मन्त्री दाहाल

‘हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ। वन, जङगल संरक्षण र रक्षाको कुरा छ। विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय चुल्लोको प्रयोग बढाउनुपर्नेछ र दाउरा कटौती गर्नुपर्ने अवस्था छ। भौतिक पूर्वाधारको विकास पनि वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक हो। फोहोरमैला व्यवस्थापनको लागि राज्य, जनता सबै एक ठाउँमा हुनुपर्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनुगमन निर्देशन पालना सन्तोषजनक छ– सुनिता डंगोल

चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डंगोलले, नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदुषणमुक्त हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्दा आकाशे पानी संकलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सीसीटिभी क्यामरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेश गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रुपमा विद्युतीय प्रणाली मात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेश गर्ने, वेरुजु फस्र्योटको कार्ययोजना बनाउने लगायत विषय र क्षेत्रमा निर्देशन दिएकी थिइन्। यस्तै अनुगमन टोलीका काम अन्तरसम्बन्धित बनाउन उनको निर्देशन थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ– सभामुख

सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्वदेशमै उत्पादन र रोजगारी बढाउनुपर्छ– राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन्।  नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन  गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागरिकतासम्बन्धी विधेयक चाँडो टुंग्याऔं– गृहमन्त्री

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने र त्यो ड्राफ्ट भइसकेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साढ सात हजार नेपालीलाई दुई महिनाभित्र अमेरिका छोड्न आदेश

यो भनेको कुनै पनि राष्ट्रमा गृहयुद्ध हुँदा वा प्राकृतिक आपत विपदका बेलामा त्यहाँका नागरिकलाई अमेरिकाले दिएको विषेश सुविधा हो। त्यही सुविधा लिएर गत २०७२ सालको भूकम्पपछि हजारौं नेपाली अमेरिका छिरेका थिए।  नेपालसहित अमेरिकाले लगभग १७ देशका करिब पाँच लाखभन्दा धेरै आप्रवासीलाई दुई महिनाभित्र अमेरिका छोड्न भनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्बपति एलोन र शक्तिशाली ट्रम्पबीच चर्कियो झगडा

यतिमात्रै होइन एलोनले ट्रम्पका नाम जोडिएका कैयौं पुराना प्रकरणहरूलाई ब्यूँताउनुपर्ने पनि बताएका छन्।  यसको जवाफ आगामी चुनावहरूमा एलोनले ट्रम्पका विरोधीहरूमाथि पैसा खन्याएर पनि दिनसक्छन्।  एकअर्काप्रति निकै कडा र आक्रामक देखिएका यी शक्तिशाली अर्बपति र शक्ति राष्ट्रका शक्तिकेन्द्र ट्रम्पबीचको यो लडाईं यत्तिकै र चाँडै थामिने पनि छाँट देखिंदैन।  ‘राष्ट्रपति भइरहनका लागि ट्रम्पसँग अब मात्रै साढे तीन वर्ष बाँकी छ’ एलोनले धम्क्याएका छन् ‘तर मचाहिँ अझैं ४०-५० वर्ष यहिँ र यत्तिकै हालतमा रहनेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा फौजी कीराको प्रकोप

जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन्। सुरमा पात खाने र बिस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन्। केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

कस्ताे छ आजकाे माैसम ?

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सदर चिडियाखानामा थपियो अर्को गैंडा

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ। बिहीबार विश्व वातावरण दिवसका अवसरमा चितवनबाट ल्याइएको गैंडालाई  चिडियाखानामा राखिएको हो। चिडियाखानामा एउटा मात्रै गैंडा भएपछि अर्को तीन वर्षको गैंडा ल्याइएको हो। वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको प्रयासमा ल्याइएको गैंडा बिहीबारदेखि नै प्रदर्शनमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको डर : यी १२ देशका नागरिक अमेरिका छिर्न नपाउने

नयाँ कार्यकारी आदेशबारे बताउँदै ट्रम्पले एउटा भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा उनले अमेरिकाको भीसा पाएर छिरेका ‘खतरनाक देशका मानिसहरूबाट अमेरिकामा’ निरन्तर ‘आतंकवादी आक्रमण हुँदै आएकोले यस्तो निर्णय गरिएको बताएका छन्।  उनले यसअघि जो बाइडन राष्ट्रपति हुँदा उनले लिएको ‘ओपन डोर पोलिसी’का कारण अमेरिका असुरक्षित हुँदै गएको पनि आरोप लगाएका छन्।  यसअघि अमेरिकाका एकजना उच्च सैन्य अधिकारीले केही अफ्रिकी आतंकवादी समूहहरूले अमेरिकामाथि आक्रमण गर्ने तयारी गरिरहेको खुलासा गरेका थिए। केही गोप्य सूचनाहरूका आधारमा उनले ती आतंकवादी समूहहरू समयको पर्खाईमा भएको र उपयुक्त मौका छोपेर अमेरिकामाथि भीषण आक्रमणको तयारी गरिरहेको भन्दै चेतावनी दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यातायात ब्यापारीले झुकाइ छोडे सरकारलाई

आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकारबीच सोमबार मध्यरातमा सहमती भए पनि मंगलबारमात्रै संघीय सरकारले गण्डकीलाई पत्र लेखेको थियो। गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबिच सहमती भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ