बुधबार, २६ नोभेम्बर २०२५

सरकारसँग वार्ता गर्न सिहंदरबार पुगेका शिक्षकलाई रोकाएपछि...

सरकारसँग वार्ताका लगि सिंहदरबार पुगेका शिक्षकहरू गेटमै रोकिएका छन्। शुक्रबार वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेका उनीहरू गेटपास नभएको कारण गेटमै रोकिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत–पाकिस्तान सम्बन्धमा दरार, सीमा क्षेत्रमा गोली हानाहान

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ। भारतको जम्मू–कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन्।  मेटालाई नेपालमा दर्ता हुनपटकपटक सूचना जारी गरे पनि नमानेकाे भन्दै उनले अबको ७ दिनभित्र दर्ता हुन चेतावनी दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ– श्याम घिमिरे

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरूले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा बाेलाएका छन्। उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीय संसद्को हिउँदे अधिवेशन सुरु

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ।  प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक सुरु भएको हो। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार परिवर्तन हुँदैन– आरजु राणा

परराष्ट्र मन्त्री आरजु राणाले अहिले सरकार परिवर्तन नहुने बताएकी छन्। शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन नहुने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडिओ पनि भाइरल

ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडिओ पनि सार्वजनिक भएकाे छ।  ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षक आन्दोलन २४औं दिन पनि जारी

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ।  शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कश्मिरमा २६ जना पर्यटकको हत्या गर्ने ‘द रेसिस्टेन्स फ्रन्ट’ के हो? (भिडिओसहित)

यो घटनाको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ अर्थात् टिआरएफ भनिने एउटा आतंकवादी संगठनले लिएको छ। ‘प्रतिरोधी मोर्चा’का रुपमा यो संगठनलाई लश्कर-ए-तायवाले आफ्नो छाँया संगठनको रुपमा प्रयोग गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजबाट बजेट अधिवेशन सुरू, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेछन् र दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत-पाकिस्तान ‘युद्ध नजिक’ !

भारत र पाकिस्तान दुबै देश परमाणु हतियारले सम्पन्न छन्। एकअर्काविरुद्ध शक्ति प्रदर्शनका लागि उनीहरूले अत्याधुनिक हातहतियारमा निकै प्रतिस्पर्धा नै गर्छन्। पहलगाम घटनापछि दुबै देशले एकअर्का विरुद्ध अघि बढाएका कदमहरूले फेरि एकपटक दक्षिण एशिया निकै त्रसित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ज्याकाराण्डाको नीलो छाँयामा अनामनगर क्षेत्र (तस्बिरहरू)

वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ। सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज भूकम्प स्मृति दिवस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्तो छ आजको मौसम

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी कुटनीतिज्ञहरूलाई भारत छोड्न आदेश

पाकिस्तानले सिमापार आतंकवादलाई दिएको समर्थन फिर्ता नभएसम्मका लागि सिन्धु जल सम्झौताको स्थगन लगायत अरु कैयौ निर्णयहरू पनि लागु हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कास्मिर आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदीपको शव बुटवलमा ल्याइँदै

छिमेकी मुलुक भारतको कास्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आजै बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

संरक्षणको पर्खाइमा कोलुङ्ग झरना

तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ। यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ। मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ। यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुन सकेको छैन। जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पथरी

नेपालले भन्यो- आतंकवादविरुद्ध भारतलाई दृढ साथ

मंगलबार त्यहाँ घुम्न गएका पर्यटकमाथि आतंकवादीहरूले आक्रमण गरेका थिए। त्यो आक्रमणमा लगभग २६ जना मानिस मारिएको बताइएको छ। गम्भिर घाइते भएका १६ जनाको उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ। घटनामा २ जना नेपालीसहित अन्य विदेशीहरू मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर नेपाली अधिकारीहरूले त्यसको स्वतन्त्र पुष्टी गरिसकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं