न्यूयोर्कमा विवेक पंगेनीको अन्त्येष्टि
अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो। नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए। त्यस्तै १२ः४५ मा फ्रेस पोन्ड क्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
बिएल संवाददाता - न्यूयोर्क