नाति लिन आएकी बुहारीको खुकुरी प्रहार गरी हत्या, प्रहरीसमक्ष आत्मसमर्पण
शुक्रबार अपराह्न साढे चार बजेतिर ६१ वर्षीय मटकबहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्यापछि प्रहरी चौकी खिम्तिमा आत्मासमर्पण गरेका छन्। उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका-११ गेलुस्थित माइतमा बस्दै आएकी थिइन्। उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनुपर्ने बताउँदै आएकी थिइन्। मटकबहादुरले नाति आफूसँग राख्न पाउनुपर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए। जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो।
बिएल संवाददाता - रामेछाप