बुधबार, १४ अक्टोबर २०२६

रुसको ग्यास र तेलमा प्रतिबन्ध लगाउँदै ईयू

आयोगले मंगलबार गरेको यस्तो प्रस्तावलाई धेरैजसो सदस्य राष्ट्रहरूले अनुमोदन गर्ने अपेक्षा गरिएको छ। रूसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पादन हुने वा निर्यात गरिने पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास प्रतिबन्ध गर्नुपर्ने प्रस्ताव इयुले अघि सारेको हो। यद्यपि हंगेरी र स्लोभाकियाले भने यसको विरोध गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको धम्कीपछि इरानले भन्यो- युद्ध सुरु भइसक्यो, अब रोकिन्न

‘हामीलाई राम्रोसँग थाहा छ कि इरानका सर्वोच्च मानिने नेता कहाँ लुकेका छन् भनेर। हाम्रो लागि उनी निकै सजिलो निशाना हुन्। अहिले भने उनी सुरक्षित छन्’ ट्रम्पले लेखेका छन् ‘हामी उनलाई मार्न चाहिरहेका छैनौं। कम्तीमा अहिले त त्यस्तो हुँदैन। तर हामी थप आम नागरिक मरिरहेको पनि पनि हेर्न चाहन्नौं। अब यो सह्यै हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अदालतमा हाजिर भए रवीन्द्र मिश्र, आजै थुनछेक बहस हुने

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्।  उनको आजै थुनछेक बहस हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवीन्द्र मिश्र पनि पुगे अदालत

त्यसपछि उनी सम्पर्कबिहीन भए। लामो समय सम्पर्कमा नआएपछि उनलाई जमानी लिने वकिलहरूलाई पनि जरिवाना तिराउने भनिएको थियो। पछि अदालतले जरिवान नतिराउन भन्यो।  मिश्र चैत १५ गते राति नै पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल समशेर राणा पनि हाजिरी जमानीमा छुटेर सम्पर्क बिहीन भएका थिए। मिश्र र राणा दुबैलाई फेरि पक्राउपूर्जी जारी गर्ने तयारी भइहँदा राणा भने सोमबार अदालत गएका थिए। जिल्ला अदालत काठमाडौंले उनीसँग ३ लाख धरौटी लिएको छ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानलाई ट्रम्पकाे कठाेर चेतावनी- तेहरान तुरन्त खाली गरियाेस्

‘इरानले मैले भनिएको सम्झौता गर्नुपर्ने थियो। यो लज्जास्पद छ, र मानव जीवनको अनावश्यक क्षति हो। सरल भाषामा भन्नुपर्दा, इरानसँग कहिल्यै पनि आणविक हतियार हुन सक्दैन’ सामाजिक सञ्जालमार्फत गरिएको आफ्नो भनाइमा ट्रम्पले भनेका छन्, ‘तेहरान (इरानको राजधानी) तुरन्त खाली गरियोस्। त्यहाँ अझै मानिसहरू मारिनसक्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजकाे माैसमः यी प्रदेशमा धेरै भारी वर्षा

हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

फेसबुकमा ‘सुसाइड नोट’ लेखेर हिँडेका डाक्टर बालाजुमा सकुशल भेटिए

सोमबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्। डाक्टर श्रेष्ठलाई प्रहरीले बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी बालाजुको एक रिसोर्टका फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानका सर्वोच्च नेतालाई ‘मार्ने’ आदेश, ट्रम्पले रोके, कहाँ छन् उनी?

यसअघि पहिलो इजरायलको पहिलो आक्रमणमै इरानका रिभोलुशनरी गार्डस्‌का प्रमुख हुसेन सलामी समेत मारिएका थिए। त्यस्तै इरानका बरिष्ठ परमाणु बैज्ञानिकहरू फिरेदून अब्बासी र मोहम्मद मेहदी पनि इजरायलको आक्रमणमा मारिएका छन्। अब्बासी इरानको परमाणु उर्जा संगठनका पूर्व प्रमुख हुन् भने मेहदी स्वतन्त्र इस्लामिक विश्वविद्यालयका अध्यक्ष हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नाफाभन्दा आम मानिसलाई फाइदा दिने मूल सिद्धान्तमा अघि बढिरहने आईएमई संस्थापकहरूको प्रतिबद्धता

शुक्रबार ललितपुरमा आयोजित आइएमईको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए। द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको उल्लेख गरे। सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधारहरू रहेको प्रस्ट्याए। अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरूले नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन वटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए। यीनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौं गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल-इरान युद्ध :  तेलको बाटो छेकिने डर

विश्वको करिव छैठौं स्तरको तेला निर्यातको यो मार्ग इरान र इजरायलबीचको लडाईका कारण प्रभावित छ। यो मार्ग भएर प्रतिदिन १ करोड ७२ लाख व्यारेल पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सग र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण

त्यसलगत्तै इरानले पनि इजरायलमाथि आक्रमण जारी राखेको छ। शुक्रबारदेखि उसले तेल अभिव र जेरुसेलममा सयौं क्षेप्यास्त्रहरू प्रहार गरेको छ। शनिबार राति भएको आक्रमणमा इजरायलमा केही बालबालिकासहित कम्तीमा ८ जना मारिएका छन्। भने सयौं घाइते भएका छन्। इरानका सरकारी टेलिभिजनहरूले तेलअभिवका सैन्य अड्डा र वरिपरिका वस्तीहरू ध्वस्त पारिएको भिडिओहरू सार्वजनिक गरिरहेका छन्। जेरुसेलमपछि तेलअभिव इजरायलको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको सहर हो। इजरायलका लागि यी रणनीतिक सहर पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नागढुंगामा हायस दुर्घटना, २० घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौंबाट चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्। शनिबार दिउँसो बा३ख ८३२९ नम्बरको हाइस नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि दुर्घटनामा परेको हो। हाइस सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘करेन्ट’ लगाएर माछा मार्ने क्रममा खोलामै ढले दम्पती

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू छन्। मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

अग्नीप्रसादको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेका होइनौं- प्रचण्ड

उनले पार्टी अध्यक्ष अग्नी सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको भन्ने प्रतिपक्षको आरोपलाई पनि खण्डण गरे।  ‘यस्ता वाहियात कुराहरूलाई मानिसले प्रचार गरिरहेका छन्। त्यस्तो केही पनि होइन। भिजिट भिसा प्रकरण र अग्नी सापकोटाको मुद्दामा कुनै साइनो सम्बन्ध नै छैन’ प्रचण्डले भने ‘सदन खोल्ने सहमतिलाई सत्तामा जान लागेको हो कि भन्ने पनि छ। तर अहिले माओवादीको ध्यान सत्तातिर छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले पनि थाल्यो इजरायलमाथि ‘जवाफी आक्रमण’

इजरेली सेनाले इरानमा आक्रमण गर्दै त्यहाँको नतान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ। इरानले पनि इजरायलविरुद्ध जवाफी कारबाही सुरु गरेको छ। शुक्रबार रातिदेखि इजरायलले इरानमाथि ‘निर्णायक आक्रमण’ सुरु गरेको घोषणा गरेको थियो। ब्लास्टिक मिसाइलहरूबाट इजरायली फौंजले इरानको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने नतान्जस्थित मुख्य युरेनिअम (परमाणु) प्रशोधन केन्द्र र बिमानस्थलमा आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्साको विरगंज महानगरपालिका-१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विरगंज-२ छप्कैया बस्ने २१ वर्षिय राहुल कुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षिय कौशलकुमार गुप्ता छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज