फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो लिटरको?
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो। निगमले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ। डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ।
बिएल संवाददाता - काठमाडौं