बालिका यौन दुर्व्यवहार आरोपमा मदन राई दोषी ठहर
खोटाङमा आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा अध्ययनरत बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो। न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो। राईमाथि सजाय निर्धारणका लागि माघ २५ गतेका लागि अर्को पेसी तोकिएको अदालतका सूचना अधिकारी सुदीप भट्टराईले बताए।
बिएल संवाददाता - खोटाङ