ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी
मोरङको ग्रामथान गाउँपालका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्। ६ हजार ९६९ मत प्राप्त गर्दै माझी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गर्दै दोस्रो भएका छन्।
बिएल संवाददाता - माेरङ