सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति कांग्रेस सांसदले भने- मन्त्रीहरूकाे जिब्रोमा ब्रेक लगाइयाेस्
‘माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुराेध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयाेस्। अन्त कहाँ कहाँ लगाउनुपर्ने हाे ब्रेक लाग्दै गर्ला तर मन्त्रीहरूले चाहिँ जिब्रोमा ब्रेक लगाएर बाेल्ने गरियाेस्। सभामुखसँग अनुराेध गर्न चाहन्छु, यसकाे जवाफ संसदमा दिइयोस्‚’ उनले भने ।
बिएल संवाददाता - काठमाडौं