विभिन्न संसदीय समितिमा १८ सदस्यको नाम हेरफेर, प्रचण्ड र रवि राज्य व्यवस्थामा
मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्ताव गरेका थिए। प्रस्तावित सदस्यहरूको नाम संसद बैठकले अनुमोदन गरेको हो। जसअनुसार संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन्।
बिएल संवाददाता - काठमाडौं