दुर्घटनाग्रस्त सौर्य जहाजमा कोको थिए?
त्रिभुवन विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनमा सवार रहेकाहरूको परिचय खुलेको छ।
बिएल संवाददाता - काठमाडौँ
त्रिभुवन विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनमा सवार रहेकाहरूको परिचय खुलेको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटनास्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनको जहाज काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा दुर्घटना भएको थियो।
बिएल संवाददाता - काठमाडौं
यो आफैँमा बिग्रिएको जहाज थियो र पोखरा विमानस्थलको ह्याङ्गरमा राखेर मर्मत (सी चेक) का लागि जहाज पोखराका लागि उडेको थियो। सौर्य एयरलाइन्सले यसअघि पोखरामा नियमित उडान भने गरेको थिएन। उसको सिआरजे-२०० विमानमार्फत विराटनगर र भद्रपुरमा दैनिक ३ वटा उडान गर्दै आएको थियो।
बिएल संवाददाता - काठमाडौं
विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेका थिए। जसमा १८ जनाकाे मृत्यु भएकाे हाे भने एक जनाकाे जीवितै उद्दार गरिएकाे हाे। उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज लगिएको छ। विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ। अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले विमानको ‘ब्ल्याक बक्स’ खाेजिरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज (केएमसी) लगिएको छ। विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहान करिब ११ बजे चालकदलका सदस्य सवार जहाज दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त जहाजमा आगलागी भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको छ। विमानमा १९ जना सवार रहेको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। जहाजमा चालक दलका सदस्य र कर्मचारीसहित १९ जना रहेको विमानस्थल स्राेतले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ महानगर क्षेत्रमा आज (मंगलबार)देखि पाँच वर्ष उमेरमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।
बिएल संवाददाता - काठमाडाैं
देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन्। राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका सङ्खुवासभालगायत कोशी प्रदेशका अधिकांश नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन्। त्यसो त जिल्लामा राष्ट्रिय परिचयपत्रका २५ हजार कार्ड वितरण नभएपछि कार्यालयमै थन्किएका छन्। छपाइ भएका २५ हजार बढी कार्ड वितरण हुन नसकेको हो। कार्ड लिनका लागि व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि २५ हजार बढी कार्ड कार्यालयमै थन्किएका हुन्।
बिएल संवाददाता - संखुवासभा
सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुमध्ये केही बेपत्ता छने भने केहीले ज्यान गुमाए। नदीमा बससँगै धेरैको जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ। सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो। परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए। उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए। स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो।
बिएल संवाददाता - सर्लाही
झापाको हल्दीवारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेके छ। हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - बिर्तामोड
कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ। पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ। भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ। त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन्। त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
बिएल संवाददाता - सुर्खेत
देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री ओलीले उद्योगमा काटिएको बिजुली जोडिदिन निर्देशन दिए पनि कुलमानले ओलीको निर्देशन मानेका छैनन्। साउन ४ गते ओलीले निर्देशक कुलमानलाई बोलाएर काटिएका उद्योगको लाइन तत्काल जोडिदिन भने पनि साउन ८ गतेसम्म उद्योगमा लाइन जोडिएको छैन।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .