भिजिट भिसामा विदेश पठाइ युवती बेच्ने पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै युवतीलाई बिक्री गरेको अभियोगमा मोरङका ५७ वर्षीय कृष्ण भन्ने झयन्द्र कुमार अधिकारी लाई प्रहरीले पक्राउ गरेको छ। २६ वर्षीय एक पीडित युवतीको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो। अधिकारीले दुबईमा मासिक ४० हजार रुपैयाँ तलब प्रलोभन देखाएर दुई लाख रुपैयाँ लिएका थिए।
बिएल संवाददाता - काठमाडाैँ