बुधबार, २६ नोभेम्बर २०२५

यस्ता छन् २०८० मा भएकाे स्वास्थ्य क्षेत्रको उपलब्धि

चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो। आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ। योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गनुपर्ने उत्तिकै छन्। स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ: केपी ओली

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोल्पामा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु

आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा 

बाँकेका १६ सीमा स्तम्भ हराए, १७१ स्तम्भ जीर्ण

‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन्। अन्य केही जीर्ण अवस्थामा छन्’, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ: माधव नेपाल

सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय छ भन्दै सन्देशमा अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेद्वारा थापाथली चाेकमा चालक र यात्रुलाई लड्डु वितरण

गृहमन्त्री लामिछानेले शनिबार बिहान काठमाडाैँकाे थापाथली चाेकमा पुगेर चालक र यात्रुलाई लड्डु वितरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

 राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन्। राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित  सपनतीर्थमा पूजार्चना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायल तोपखानामा हिजबुल्लाहको आक्रमण

हिजबुल्लाह समूहले इजरायली तोपखानामा आक्रमण गरेका छन्। लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि नयाँवर्ष २०८१ साल सुरू

आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन प्रदेशमा वर्षाकाे सम्भावना, अन्य क्षेत्रकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुई सातामा २ सय हेक्टर वनमा डढेलो

एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ। आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन्। यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘उथलपुथल’ असीका फन्काहरू 

नेपाली पात्रोमा एउटा दशक बितेको वर्ष पनि हो। गणतन्त्रका लगभग दुई दशक बिताएको यो २०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ सापटी लिएर भन्ने हो भने ‘उथलपुथल’को वर्ष पनि भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रामीण विकास बैंकका अधिकारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ। आयोगले अधिकारीविरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेता पौडेलको निधन

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ। उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

वर्ष २०८०ः सडकबाटै न्याय र अधिकार खोज्नेहरु

असन्तुष्टि व्यक्त गर्ने र न्यायको खोजीमा सडक भर्नेहरु वर्ष २०८० मा पनि भेटिए। केहीले न्याय खोज्दै सडक तताए भने केहीले आफ्ना आवाज सुनाउन सडकलाई माध्यम बनाए। केहीले न्याय पाए भने केही आशा लिएर घर फर्किए। केहीलाई सरकारले न्याय दिने आश्वासन दिएको छ भने केहीलाई केहीका माग सम्बोधन गने प्रतिबद्धता पनि जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ गते ब्रेक थ्रुको तयारी

तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल गरेको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबार लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारकाे निर्णय

सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्काे बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं