स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्। पाल्पाको सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चारमाध्यमको सवलीकरण तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको बताइन्।
बिएल संवाददाता - रामपुर