बिहिबार, २७ अगस्ट २०२६

शून्य कर नीति लागू गर्नुपर्ने माग गर्दै आजपाले गाउँपालिकामा बुझायो ज्ञापनपत्र 

देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गइरहेको र आर्थिक संकटबाट बह्मपुरी गाउँपालिकासमेत प्रभावित भएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

प्रधानमन्त्रीले भने- मिटरब्याज र लघुवित्त पीडितका समस्या समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ

प्रधानमन्त्री दाहालले भने, ‘समस्या सरकारका कारणले नभई कानुनीरुपमा आएको छ। यो समस्याको समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। पुराना कागज र तमसुकका आधारमा भएका कारोबारमा कानुन पीडककै पक्षमा हुन सक्ने भएकाले यसको प्रकृतिअनुसार सरकार र अदालतले मिलेर समाधान गर्नुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले मानसिक यातना दिएकाे कर्मचारीकाे आरोप: ‘कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत दिइएन’

महानगरमा कार्यरत वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहको प्रशासनले लामो समयदेखि विनाकारण जिम्मेवारीविहीन बनाएको आरोप लगाएकी हुन्।  उनले आफू कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइ कामै गर्न नदिएर राखिएको भन्दै बाध्य कानुनी र पेसागत लडाइँ लड्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इपीजीको प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको छ: प्रधानमन्त्री

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले सो प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरकाे निषेधित क्षेत्र ताेड्न सडकमा उत्रिए राजेन्द्र महतो (तस्बिरहरू)

‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतोकाे नेतृत्वामा बुधबार दिउँसाे काठमाडाैँ प्रदर्शन भएकाे हाे।  उपत्यका विशेष ब्युरोको आयाेजनामा ‘माइतीघर मण्डलाकाे निषेधित क्षेत्र ताेडाैँ’ लेखिएकाे ब्यानरसहित महतो र समर्थकहरू प्रदर्शन गरेका छन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

‘चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ’

‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण

घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधबार बिहान रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट अर्का चालक घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माता पाथिभरा सहकारी ठगी: अध्यक्ष श्रेष्ठ जेल चलान, २३ जना सञ्चालक फरार सूचीमा

जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

कस्ताे रहला आजको मौसम?

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाउँको स्कुल बन्द, भारत पढ्न जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको मंगलबार राज्य आपतकालीन आयोग (एसइसी) ले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - उलान बाटोर

अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने टोलीको बिदाइ

 नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष रतनकुमार टण्डनले मंगलबार अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने नेपाली टिमको एक समारोहबीच बिदाइ गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेडिकल काउन्सिलको रजिष्ट्रारमा सतिशकुमार देव नियुक्त

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र उपहारका निर्देशक देउजाबीच भेटवार्ता

फागुन–२५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्याैली जन्मदेखि मृत्युसम्म गरिने सांस्कृतिक  कार्यक्रम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

शिक्षा समितिमा सांसदहरूकाे प्रश्न- विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने?

कतिपय सांसदले सरकारले आवश्यकता ठानेर विधेयक ल्याएको र राष्ट्रियसभाबाट प्रतिवेदन प्राप्त भइसकेकाले विधेयक आवश्यक छ या छैन भने प्रश्न गर्नु उचित नभएको तर्क गरे। सांसदहरूले युवालाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेकामा जोड दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अख्तियार प्रमुखले भने- ७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्सको रिजल्ट चाँडै आउँछ

मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश प्रदेशसभा बैठकमा जनमत पार्टीकाे नाराबाजी

जनमतका प्रदेशसभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठी चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

संसद् भवनमा सुरक्षा व्यवस्था कडा, फुटपाथमा हिँड्न निषेध (तस्बिरहरू)

साेमबार दिउँसाे लघुवित्त पीडितहरु संसद् भवनमा छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे। संसद् भवन आसपासमा अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरिएकाे छ। प्रहरीले संसद् भवन वरवरका फुटपाथमा हिँड्न पनि निषेध गरेकाे छ। संसद् बाहिरकाे फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत टाँगिएको छ।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं