बिहिबार, २७ अगस्ट २०२६

तस्बिरमा हेर्नुस् मिटरब्याज पीडितहरूको जीवनशैली 

न्यायको लागि सरकारलाई चूनौती दिइरहेका पीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा डेरा जमाएर बसिरहेका छन्। दिनकाे एक पटक खाना खाएर दैनिकी कटाइरहेका छन्। 

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैं

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रियसभाबाट फिर्ता

सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद भवन छिरेका दुई दर्जन बढी लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

साेमबार दिउँसाे नाराबाजीसहित संसद भवन प्रवेश गरेका २० तथा संसद भवनकाे प्रवेशद्वारामा विराेध जनाइरहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद भवन छिरे लघुवित्त पीडितहरु

आन्दाेलनका क्रममा विभिन्न जिल्लाबाट काठमाडाैँ आएका लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेका छन्। करिब २०-२५ जनाकाे संख्यामा आएका उनीहरु साेमबार दिउँसाे नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डलर देखाएर १० वर्षदेखि ठगी: ठगेकाे रकम मुद्दती खातामा प्रयोग, मिटरब्याजमा लगानी

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई सभामुखकाे निर्देशन

आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै यस विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुखले सरकारलाई निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकाे प्रश्न- मन्त्रीहरूले आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन के ले राेक्याे? (भिडियाे)

‘याे सार्वभाैम संसदलाई लडाइँकाे क्षेत्रजस्ताे, आरोपप्रत्यारोपको क्षेत्रजस्ताे किन बनाइएकाे छ? सभामुखबाट रुलिङसमेत भइसकेकाे विषयमा सरकारका केही मन्त्रीहरूले आफूलाई लागेको आरोपका विषयमा, गम्भीर  आरोपका विषयमा याे सदनमा आएर उभिएर जवाफ दिनका निमित्त रोकेको छ के ले? किनयाे चिज निरन्तर मागिराख्नुपर्ने भयाे?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिटरब्याजी पीडित, लघुवित्त पीडित र दूग्ध किसानको समस्या समाधान नगरे संसद अवरूद्ध गर्छाैं: राप्रपा (भिडियाे)

प्रतिनिधिसभाको साेमबारको बैठकमा बाेल्दै सांसद राजेन्द्र लिङ्देनले सरकारले यी तीन विषयमा ठाेस सम्बाेधन नगरे आउने बैठकबाट राप्रपाले संसद अवरूद्ध गर्ने चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रतिपक्षी दलकाे होहल्ला र नाराबाजी

प्रतिनिधिसभाको साेमबारको बैठकमा प्रतिपक्षीकाे अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदहरूले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे माग- विवादमा परेका मन्त्रीहरूले पद छाेड्नुपर्छ (भिडियाे)

साेमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जातको सवाल सहज भएन भने समाज भत्किन सक्छ

'पश्चिमाहरुले अभ्यास गरेको विवाहलाई सैद्धान्तिक रुपमा पुँजीवाद र पितृसत्ताको उत्पादन भन्न सक्छौँ,' उनले भने, 'तर हाम्रोतिरको विवाह पुँजीवाद र अझ त्योभन्दा पनि बढी जातिवाद भन्न सक्छौँ। अर्थात् जातले उत्पादन गरेको विवाह भन्न सक्छौँ।'

महेश नेपाली

महेश नेपाली - जुम्ला

१४ किलाे सुन तस्करीमा मुछिएका कलेजका सञ्चालक गुरुङ पक्राउ

सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेकाे गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो। चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको राधापुरस्थित डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ, उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ: पूर्वराष्ट्रपति

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थापाथलीबाट बच्चा चाेरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्रीले देशमा व्यावसायिक वातावरणको निर्माणका लागि सरकार लागिपरेको पनि बताएका थिए। अर्थतन्त्रमा समस्या देखिएपछि आफू प्रधानमन्त्री भएदेखि नै निजी क्षेत्रको सल्लाह र सुझावका आधारमा काम गरेको र अहिले पनि निजी क्षेत्रको परामर्शअनुसार अघि बढ्ने उनले बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बर्खास्तमा परे न्यायाधीशद्वय थपलिया र निरौला

परिषद्को आइतबार बसेकाे बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेकाे हो। उनीहरुकाे आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्त गर्ने निर्णय गरिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापाकाे सार्वजनिक जग्गा भ्रष्टाचार, माओवादी नेता पुरीसहित १७२ जनाविरुद्ध मुद्दा

झापाकाे बालुवाटार भनेर चिनिने रतुवा र दिपिनी खोला किनारको सरकारी सार्वजनिक जग्गा व्यक्तिकाे नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आराेपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं