शनिबार, ११ अप्रिल २०२६

थाई एयरले सेल्फ ग्राउण्ड ह्याण्डलिङ छाड्यो 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा छाडेको छ। नेपाल वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सेवा लिन चाहेकाले थाई एयरले सेल्प ग्राउण्ड ह्याण्डलिङ सेवा छाडेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ। उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ। घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले समेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन्। यसका कारण कृषक अप्ठ्यारोमा परेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

‘फौजदारी न्याय प्रणाली सक्षम र प्रभावकारी हुनुपर्छ’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्याय प्रणाली सक्षम, प्रभावकारी र जनआस्थावृद्धि गर्ने खालको भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो। प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ। यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न चार उद्योगको बिजुली काटेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मैथिली एसोसिएसनमा नयाँ कार्य समिति

मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारण सभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सिंहदरबारमा प्रधानमन्त्रीकाे ब्रिफिङ- जहाज खरिदमा जहिले पनि प्रश्न उठ्ने गरेको छ, यसपटक कुनै त्रुटि नहोस्

प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीप लामिछानेविरुद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा

न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेकाे उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे। आइतबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निलम्बन फुकुवाको माग गर्दै कोइरीले दिए संसद् सचिवालयमा निवेदन

गत वर्षकाे निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोप लागेकाे थियाे। हत्या आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार भएपछि कोइरी निलम्बित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

१४ सुन तस्करी प्रकरण: घलेकाे समूहले १३८ किलो सुन भित्र्याएकाे समितिले निष्कर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेसहितकाे समूहले १३८ किलो भित्र्याएकाे निष्कर्ष निकालेको छ। १४ किलाे सुन प्रकरणमा पक्राउ परेका घलेकाे समूहले उक्त परिमाणकाे सनु नेपाल भित्र्याएकाे निष्कर्ष निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। आइतबार बसेको न्याय परिषदले बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भक्तपुरमा प्रहरी नायव निरीक्षक मृत फेला

प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत सई बालकृष्ण उपाध्याय घिमिरे सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगञ्ज नाकाबाट दुई सय ६० महिला र बालककाे उद्धार

संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

र सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। आइतबारका लागि सुनुवाइ ताेकिएकाे उक्त मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनमीमाथि जातीय छुवाछुत प्रकरण: प्रहरीमा जाहेरी दर्ता, दुई जना पक्राउ

मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मा (२३)माथि जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुमा तुलसाले जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध जाहेरी दर्ता गरेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई कुहिएकाे खाेया प्रहार गर्ने व्यक्ति हिरासतमै, रविकाे बिन्ती बेकार

भाषण गरिरहेका लामिछानेमाथि मकैकाे खाेया प्रहार भएपछि वडा प्रहरी कार्यालय रामबजारकाे टाेलीले रानाभाटलाई नियन्त्रणमा लिएकाे थियाे। र, उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा पुर्‍याइएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

गौशाला नगरपालिकाकी उपप्रमुख चढने गाडीमा आगजनी

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ। महतो चढ्ने प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन

चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ। पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुग्लिन