शनिबार, ११ अप्रिल २०२६

प्रधानमन्त्रीको निर्देशन- झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्

प्रधानमन्त्रीले भने, ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरुरी नै छैन। निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्तामाथि प्रहरीकाे लाठीचार्ज, २ जना घाइते 

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर, १२ गते सुनुवाइ हुने

अदालतको आदेशमा भनिएको थियो, ‘जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा एउटा छुट्टै कानुन निर्माण गरी समस्या सम्बोधन गर्न जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नू, गराउनू।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषदको बैठक सामाजिक समितिबाट पेश भएको उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री प्रचण्ड

रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आज प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री किरातीकाे राजीनामा माग्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन (तस्बिरहरू)

मन्त्री किरातीले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा दिएकाे धार्मिक अभिव्यक्तिकाे विराेध जनाउँदै उनीहरूले बिहीबार दिउँसाे पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु, ८ वटै जिल्लाका प्रतिनिधि सहभागी

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने

बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नु अपरिहार्यता छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाभित्र व्यवस्थित नमूना सहर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो दोस्रो कार्यकालमा ‘स्मार्टसिटी’को अवधारणा अघि सारेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिलाकाे हत्या गरी सुनकाे मुन्द्री र ७ सय पैसा लुटेर भाेगेका अर्घाखाँची विश्वकर्मा ७ वर्षपछि पक्राउ

वि.सं.२०७४ पुस ३० गते काठमाडाैँ महानगरपालिका- १४ बल्खु भुवनेश्वरी मन्दिरपछाडि बाेक्सी दह डाँडामा मकवानपुरकी ५० वर्षीया अप्सरा भनिने नारायणी तिमिल्सिना टाउकाे र मुखमा गहिराे चाेट लागेकाे अवस्थामा मृत फेला परेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सुदन किरातीकाे प्रष्टीकरण- अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेराे जोड हाे

उनले बहसको लागि सबैलाई धन्यवाद दिँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नाे जोड भएकाे बताएका छन्। संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीले आग्रह गरेका छन्। उनले आफू सबैको अभिभावक भएकाले सबै अस्तित्वको समान गर्ने प्रष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका चार जना विदेशबाट पक्राउ

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२४ महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण पूरा

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सुदन किरातीप्रति रविकाे टिप्पणी- साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति कसरी पदमा बस्न मिल्छ?

उनले मन्त्री किरातीको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा बस्न नमिल्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेपलाञ्चोकमा डेढ बर्षसम्म सडक निर्माण अलपत्र

कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ। विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन्। कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन। यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रुकुम(पश्चिम)मा ट्रयाक्टर दुर्घटना: श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु

आठबीसकोट– ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो। ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्ताे रहनेछ आजकाे माैसम?

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं