बुधबार, २६ नोभेम्बर २०२५

संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला असार १८ गते सुनाइने

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूविरुद्धको निर्णय असार १८ गते तोकिएको छ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाकाे बैठकमा विपक्षीको अवरोध

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद छिट्टै खुल्छ– सञ्चारमन्त्री

‘अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो। एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए। अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ। अब आज भोलीमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई  हस्तान्तरण गर्ने भएको छ।  गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्तो बन्दैछ ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर (तस्बिरहरू)

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।  सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालय बन्द

केही दिनदेखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

पहिलाेपटक बिजुली बाल्दा युद्ध जितेजस्तो भयो– कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

अख्तियार प्रमुखसहित ५२ पदाधिकारी नियुक्ति के हाेला? आज अन्तिम फैसला

अन्तिम फैसला आउनुअघि यो बीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुखहरूको पदावधि सकिइसकेको छ। धेरै सदस्यहरू पनि उमेर हद र अरु कारणले अवकाशमा गइसकेका छन्। अख्तियार तथा मानवअधिकार आयोगजस्ता केही प्रमुख संवैधानिक आयोगमा भने अहिले पनि उनै पदाधिकारी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू

प्रदर्शनका क्रममा अहिलेसम्म २ सयभन्दा धेरै आन्दोलनकारीहरू स्थानीय प्रहरीले गिरफ्तार गरेको छ।  कर्फ्यू आदेश उल्लंघन गर्नेहरूलाई तत्काल सुरक्षाकर्मीले गिरफ्तार गर्नसक्ने भन्दै स्थानीय प्रशासनले सचेत र शान्त रहन सहरवासीलाई अपिल पनि गरेको छ।  अमेरिकाकाे सबैभन्दा ठूलाे सहर लस एन्जलस यतिबेला तनावग्रस्त छ। संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आईसिई) को कारबाहीको विरोधमा व्यापक प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा सङ्क्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन्। परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

यस्तो छ आजको मौसम

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस गरेको छ।  मंगलबार न्याय परिषदले सर्वोच्चका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। नागरिकता बिहिन हुने अवस्था अन्त्यका लागि सरकारले  उक्त विधेयक पारित गरेकाे सभापति रामहरि खतिवडाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनएले राजनीतिक अधिकार पाउँदैन– गृहमन्त्री

‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैरआवसीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलव राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो। तर एनआरएनए आफैंमा एउटा नागरिकता हो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायाे गाेली

काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाउँदा दुई जना घाइते भएका छन्।  ब्यूराेका प्रवक्ता प्रवक्ता जनकबहादुर शाहीका अनुसार ब्राउन सुगरका कारोबारीमाथि गोली चलाइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तस्वीरमा हेर्नुहाेस्,अमेरिकामा आप्रवासीकाे दङ्गा

क्यालिफोर्नियाको लस एन्जलसमा केही दिनयता आप्रवासीहरूको प्रदर्शन र दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पले त्यहाँ २ हजार भन्दा नेशनल गार्ड र मरिन आर्मीहरू तैनाथ गरेका थिए। अमेरिकी भूमिमा यस्ता सैनिकहरू बिरलै परिचालन हुन्छन्। मरिन सैनिक भनेका एकदमै जटिल अवस्थामा मात्रै आफ्नाो भूमिमा परिचालन पाइन्छ। सैन्य मुख्यालय पेन्टागनले मरिन सैनिककाे एक बटालियन अर्थात् करिब ७ सय सैनिकहरूलाई त्यहाँका सरकारी अधिकारी र सम्पत्तिकाे सुरक्षार्थ खटाइएकाे जनाएकाे छ। मरिन सैनिक भनेका सामुद्रिकसँगै जमिनी सुरक्षाका लागि पनि विशेष तालिम प्राप्त हुन्छन्। यसअघि प्रदर्शनकारीहरूले त्यहाँका संघीय सरकारी अधिकारीहरूमाथि आक्रमण प्रयास समेत गरेका थिए।  सबै तस्वीरहरू: सिएनएन

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दिक्पाल कार्की रहेका छन्। उनलाई मंगलबार धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको हाे। त्रिवि प्रशासनले तोडफोड गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनेरास्ववियुमा जुटेन सहमति, भोलि मतदान

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए। निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यूके पठाउने भन्दै ११ करोड ठगेकाे आरोपमा पराजुली र शर्मा पक्राउ

यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।  पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं